Harsamaya
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २५४ जनालाई कारबाही
सवारीसाधन चेकजाँच गर्दै ट्राफिक प्रहरी ।

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २५४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ४५, लेन क्रसमा ९६, अवस्था ठिक नभएको ३३, एकतर्फीमा १९ र अन्यमा ७५२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ०७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update