कोलकाताकाे हाेटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, उद्धार कार्य जारी

भारत - भारतीय प्रान्त पश्चिम बङ्गालको राजधानी कोलकाताकाे एक हाेटलमा आगलागी भएको छ । गए राति भएको आगलागीमा परि कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
नवभारत टाइम्सका अनुसार मध्य कोलकाताको फलपट्टी मछुआ नजिकै घटना भएको हो । मंगलबार राति ८ः१५ बजेतिर ऋतुराज होटलमा आगलागी भएको हो। कोलकाताका प्रहरी आयुक्त मनोज कुमार वर्माका अनुसार घटनास्थलबाट १४ जनाको शव निकालिएको छ । उनले आगो नियन्त्रणमा आइसकेको र उद्धार कार्य जारी रहेको जानकारी दिए। यस विषयमा अनुसन्धानका लागि विशेष टोली पनि गठन गरिएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय