धुस्कोटमा एक घरमा आगलागी, दुई लाखको क्षति
सिन्धुपाल्चोक - बलेफी गाउँपालिका - ३ धुस्कोटमा एक घरमा आगलागी हुँदा करिब साढे दुई लाख बराबरको क्षति भएको छ । खाना पकाउने क्रममा आगो सल्किँदा राम बहादुर तामाङको जस्ताले घेरेको, टिनकै जस्ताको छानो भएको भुइँतले कच्ची घरमा आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरी टोली र स्थानीयहरूको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार मानवीय र चौपायमा क्षति भने भएको छैन ।
आगलागीबाट लत्ताकपडाहरु, भाँडाकुँडा, फर्निचरको सामान, अन्नपात, जस्तापाता, काठपात, नगद बीस हजार रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय