
जुगल - जुगल गाउँपालिका-३ स्थित हाब्रामा आगलागी हुँदा पाँच घर जलेको छ । घर जल्दा नगद, गरहगहनासहित करिब ६० लाखको क्षति भएको हो ।
घरबाट करेन्ट सट भई आगलागी भएको इलाका प्रहरी कार्यालय जलवीरले जनाएको छ । प्रहरीकाअनुसार सिन्धुपाल्चोक जुगल गा.पा.३ हाब्राका प्रेम श्रेष्ठको घरबाट करेन्ट सर्ट भई ढुङगा माटोले बनेको जस्ताले छाएको २ वटा घर पूर्ण रुपमा जलि क्षति भएको छ । सुनको सिक्री, मंगल सुत्र, लत्ता कपडा, भाडा कुडा,अन्न पात, फर्निचर, पोठो पिसने मेसिन, किराना पसलको सामान, फर्निचर मिलको मेसिन, नगद गरी जम्मा २६ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै कुमार श्रेष्ठको ढुङगा माटोले बनेको जस्ताले छाएको घर पूर्ण रुपमा जलि क्षेती भएको र सुनको रिङ १ तोला, तिलरी १/२ तोला, लत्ता कपडा, भाडाकुडा, अन्नपात, नगद रुपैया,फर्निचरको सामान गरी उनको घरमा दश लाखबराबरको क्षति भएको हो ।
त्यस्तै मनकुमारी श्रेष्ठको ढुङगा माटोले बनेको जस्ताले छाएको घर पूर्ण रुपमा जलि क्षति भएको छ ।
लत्ता कपडा, अन्नपात,भाडाकुडा,नगद रुपैया, फर्निचरको सामान गरी सात लाख चालिस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मिलन श्रेष्ठको ढुङगा माटोले बनेको जस्ताले छाएको घर पूर्ण रुपमा जलेको र सुनको तिलरी १/२ तोला,लत्ता कपडा, भाडा कुडा, अन्नपात नगद रुपैया गरी जम्मा १५ लाख बराबरको क्षति भएको हो ।