 
                                                            काठमाडौं - शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ ।
सरकारले वैशाख १२ गते संसद बोलाएर शिक्षा विधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।
‘हिजो वैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरूलाई धन्यवाद । आज वैशाख ३ गते सदा झैं ठिक १२ बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।
उनले अगाडी भनेको छन्, ‘पहिलो, अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन, दोस्रो, देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइ पुग्नु होला ।’
उनको तर्क छ, ‘अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति–बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।’
सरकारले प्रदर्शन फिर्ता लिन अनुरोध गरे पनि महासंघ भने पछि नहट्ने देखिएको छ।


 
                                                 
                                                -1758540736.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)