बालिका बलात्कार गर्ने पक्राउ
                            
                            
                                                        
                                                    
                                                            इलाम - ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-४ बरबोटे बस्ने २२ वर्षीय दिपेश नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बर्दिया, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० लालपुर बस्ने ३५ वर्षीय बसन्त थारूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बसन्तले ती बालिकालाई सोही नगरपालिका-१० कोठियाघाटस्थित गेरूवा कर्णाली नदीको किनारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २१:५२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
