Harsamaya
६८ वर्षपछि पहिचान: बोल्न नसक्ने वृद्धाले नागरिकता पाएपछि खुशीको आँसु
बोल्न नसक्ने ६८ वर्षीया गोटाल मनि राई लाई जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गर्दै ।

सोलुखुम्बु - बोल्न नसक्ने ६८ वर्षीया गोटाल मनि राईले जीवनभर प्रतीक्षा गरेको नेपाली नागरिकता अन्ततः प्राप्त गर्न सफल भएकी छन्। बाल्यकालमै आमाबाबु गुमाएका र कटेरामा जीवनयापन गर्दै आएकी राईलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको हो।

वडाध्यक्ष महलसिं राईको सिफारिस र प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको पहलमा नागरिकता प्रदान गरिएको हो। अब नागरिकता पाएपछि उनी राज्यका सेवा-सुविधाबाट वञ्चित हुनुपर्ने छैन। उनका छोराको नागरिकता बनाउनसमेत आवश्यक भएकाले यो पहल गरिएको स्थानीयले बताएका छन्।

"अब म राज्यको नागरिक हुँ" – बोल्न नसक्ने भए पनि उनको आँखामा देखिएको खुशी सबैका लागि भावुक क्षण बन्यो।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update