सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु
सुनसरी - सुनसरीमा रुख ढलेर च्यापिँदा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादवको रुखले च्यापिएर मृत्यु भएको हो।
आज दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न गएकी यादव अचानक हावाहुरी चलेपछि नजिकैको सिमलको रुख ढल्दा च्यापिएकी थिइन्।
रुखले च्यापिएर घाइते भएकी यादवलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

