
महोत्तरी - बलवा नगरपालिकामा ससुराली आएका श्रीमानले वादविवादमा क्रममा इँटा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
औरही नगरपालिका-७ भोइल घर भएका ३२ वर्षीय सत्यनारायण यादवले ससुराली घर बलवा नगरपालिका-५ आएका बेला श्रीमती सुधिरा देवीलाई इँटा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार माइतमा रहेकी श्रीमती भेट्न आएको बेला शुक्रबार बिहान विवाद हुँदा सत्यनारायणले श्रीमतीको टाउकोमा इँटा प्रहार गर्दा अत्यधिक रक्तस्राव भई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ भने श्रीमान्लाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।