आयल निगमले भन्यो: ग्यासको मूल्य यथावत् छ
काठमाडौं - नेपाल आयल निगमले ग्यासको मूल्य यथावत् रहेको बताएको छ ।
मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरूबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । निगमले ग्यासको मूल्य यथावत् रहने बताएको छ ।
आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत् रहने स्पष्ट गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय