अपाङ्गता भएका किशोरलाई घरमै नागरिकता

तनहुँ - जिल्ला प्रशासन कार्यालयले म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कार्यालयसम्म आउन नसक्ने अवस्थाका नागरिकलाई घरमै सेवा पुर्याउने उद्देश्यले यस्तो पहल गरिएको हो। जन्मजात अपाङ्गता भएका सुजनका लागि प्रशासनको यो कदम नागरिक मैत्री सेवा प्रवर्द्धनको उदाहरण बनेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय