मोरङमा काँसघारीमा लुकाइएको २६४ किलो गाँजा बरामद
मोरङ - बक्राहा खोला बगरको काँसघारीमा लुकाइछिपाई राखिएको २६४ किलो ५९ ग्राम तयारी गाँजा प्रहरीले बरामद गरेको छ।
रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोला बगरको काँसघारीमा आठ वटा सेतो बोरामा लुकाएर राखिएको अवस्थामा बिहीबार दिउँसो गाँजा बरामद गरिएको हो।
असोज २९ गते दिउँसो करिब १ः३० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा फेला पारेको थियो।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। गाँजा कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३ २१:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

