Harsamaya
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सुनसरी - धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दिपेन्द्र राज राईको मृत्यु भएको हो।

प्रहरीका अनुसार असोज २९ गते दिउँसो करिब ३ः३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update