Harsamaya
प्रधानमन्त्रीले गरे पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री वालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् । 

बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल नगरपालिका–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए । 

अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे  भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए । 

प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए । 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update