काँग्रेस चौतारा नगर सभापतिमा रामकृष्ण ढुङ्गाना सर्वसम्मत
सिन्धुपाल्चोक - नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको नियमित १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशनहरू धमाधम भइरहेका छन्। यही क्रममा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा रामकृष्ण ढुङ्गाना नगर सभापतिमा सर्वसम्मत चयन भएका छन्।
आज भएको नगर अधिवेशनबाट ढुङ्गानाको नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। जिल्लाका अन्य पालिकामा पनि अधिवेशनको प्रक्रिया अघि बढिरहेको जिल्ला संयोजक लालकाजी तामाङले जानकारी दिए ।
कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न गरेपछि दसैँअघि नै क्षेत्रीय अधिवेशन सक्ने तयारी गरिएको छ। सोहीअनुसार पालिका अधिवेशनलाई तीव्रता दिइएको कांग्रेसका नेताहरूले बताएका छन्।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३ १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

