बैतडीका चार पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत
बैतडी - नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत आज सम्पन्न पालिका अधिवेशनबाट बैतडीका चार पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ।
मेलौली नगर कार्यसमिति सभापतिमा शंकरदत्त जोशी, पुर्चौडी नगर सभापतिमा सुरेन्द्र धानुक, शिवनाथ गाउँपालिका सभापतिमा मोहनसिंह धनाडी र सिगास गाउँपालिका कार्यसमिति सभापतिमा तेजबहादुर साउद सर्वसम्मत निर्वाचित भएका हुन् ।
चारै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएसँगै कांग्रेसको स्थानीय तहको अधिवेशन प्रक्रिया अघि बढेको छ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३ २२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

