टीकाको उत्तम साइत बिहान १०ः२६ बजे
काठमाडौं - यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यसअघि बिहान ८ः४९ बजे देवी विसर्जन गर्नुपर्नेछ। टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।
दसैँको नवरात्र भने असोज २५ गते घटस्थापनासँगै सुरु हुनेछ। घटस्थापनाको शुभ साइत बिहान ११ः४७ बजे रहेको छ।
कात्तिक १ गते महाअष्टमी, ३ गते महानवमी र ४ गते विजयादशमी मनाइनेछ। दसैँ पर्व कात्तिक ८ गते कोजाग्रत पूर्णिमासँगै समापन हुनेछ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको समय उत्तम रहेको हो।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३ २१:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

