सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को सभापतिमा सगुन श्रेष्ठ र क्षेत्र नम्बर २ को सभापतिमा कृष्णकुमार तामाङ निर्वाचित भएका हुन् ।
क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित श्रेष्ठले ६७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३९९ र देवेन्द्र खड्काले १८१ मत प्राप्त गरे ।
त्यस्तै, क्षेत्र नम्बर २ को सभापतिमा कृष्णकुमार तामाङ ५७९ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी पासाङ दोङ तामाङले ४२८, भुपेन्द्र थापाले १०९ र करुणासागर सिग्देलले ६० मत प्राप्त गरे ।
क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा कुल १ हजार २१७ मत खसेको थियो ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिवेशनबाट सिन्धुपाल्चोकका दुवै क्षेत्रमा नयाँ क्षेत्रीय नेतृत्व चयन भएको हो ।

