Harsamaya
सिन्धुपाल्चोक कांग्रेसका दुवै क्षेत्रमा अधिवेशन स्थगित

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन स्थगित भएको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय तथा सोअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रको मतदान प्रक्रिया विवादपछि स्थगित गरिएको निर्वाचन अधिकृतले जनाएका छन् । 

असोज १३ गते बिहान ८ः३० बजेदेखि सुरु भएको मतदान प्रक्रिया विवादका कारण रोकिएको छ। उम्मेदवारहरूबीच समस्या समाधानका लागि छलफल भइरहेकाले आपसी सहमति नहुँदासम्म तथा अर्को सूचना जारी नभएसम्म मतदान प्रक्रिया स्थगित गरिएको जनाइएको छ।

यसैगरी, क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनसमेत उम्मेदवारको नाम मतपत्रमा नहुँदा उत्पन्न विवादका कारण स्थगित भएको छ।

उम्मेदवारको नाम मतपत्रमा समावेश नभएको विषयमा विवाद भएपछि मतदान प्रक्रिया रोकिएको हो। दुवै क्षेत्रमा उत्पन्न विवाद समाधान गरी नयाँ सूचना जारी भएपछि अधिवेशनको बाँकी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update