Harsamaya
फर्जी मत हालेको आरोपपछि कांग्रेस सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन स्थगित
- नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा सहभागीहरू ।

मेलम्ची - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार वंशलाल तामाङले क्षेत्रीय सभापतिका उम्मेदवार कृष्णकुमार तामाङ पक्षले फर्जी मत हालेको आरोप लगाएपछि अधिवेशन स्थगित भएको हो।

मतदानका क्रममा फर्जी मत खसालिएको भन्दै विवाद उत्पन्न भएपछि अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको हो। विवादपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको बताइएको छ।

अधिवेशन स्थगित भएपछि अब विवाद समाधान गरेर निर्वाचन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा निर्णय हुने जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update