Harsamaya
गगन थापा पक्षको कांग्रेस महाधिवेशन दुई दिन सर्यो , असोज १८ गते खुलामञ्चमा उद्घाटन
नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसको गगन थापा पक्षले १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत महाधिवेशन उद्घाटन समारोहको मिति, समय र स्थान सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेका बेला देशका विभिन्न स्थानमा भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको उल्लेख छ।

सोही अवस्थालाई मध्यनजर गर्दै असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन समारोह आयोजना गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

यसअघि तय गरिएको कार्यतालिकामा असोज १६ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढ्ने भनिए पनि केही क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया बाँकी रहेकाले उद्घाटन कार्यक्रम असोज १८ गते सारिएको हो।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update