पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, देउवा समूहको मनाङ संयोजक
काठमाडौं - गण्डकी प्रदेशका पूर्व सांसद तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेसमा प्रवेश गरेसँगै मनाङे निवर्तमान सभापति शेरबहादुर देउवा समूहको मनाङ संयोजक बनेका छन्।
मनाङे यसअघि गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए। कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा उनी कांग्रेस प्रवेश गरेका हुन्।
मनाङेले कांग्रेसमा आबद्ध भएसँगै देउवा समूहको मनाङमा पार्टी गतिविधि तथा महाधिवेशनसम्बन्धी कामको समन्वय गर्ने जिम्मेवारी पाएका छन्।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

