भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्री शाहसँग बिदाई भेट
काठमाडौं - नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन्।
नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

