Harsamaya
इन्द्रावतीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा शिवबहादुर सुनार र दया मिश्र सर्वसम्मत
शिवबहादुर सुनार ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट इन्द्रावती गाउँपालिकाका दुई जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्।

इन्द्रावती गाउँपालिका–३ का शिवबहादुर सुनार र वडा नम्बर ४ का दया मिश्र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन्।

क्षेत्र नम्बर २ अन्तर्गत जारी अधिवेशन प्रक्रियामा उनीहरूलाई सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरिएको हो।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update