Harsamaya
सिन्धुपाल्चोक–२ कांग्रेसमा भिडन्त चर्कियो, सभापतिमा चार जनाको प्रतिस्पर्धा
ग्राफिक्स : हर समय/Har Samaya

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिका लागि चार जना प्रतिष्पर्धामा छन् । 

 सभापतिका लागि करुणासागर सिग्देल, कृष्णकुमार तामाङ (समिर), पासाङ दोङ तामाङ र भुपेन्द्र थापा प्रतिस्पर्धामा छन्।

त्यस्तै सचिव पदमा आषिश खड्का, कुमार दुलाल र बुद्धिप्रसाद भट्टराई उम्मेदवार छन्।

समानुपातिक सदस्य जनजाति खुलातर्फ दुई पदका लागि पासाङ तामाङ, वसन्त तामाङ र राजन तामाङ उम्मेदवार छन्। समानुपातिक सदस्य खस आर्यतर्फ डोलबहादुर खड्का र विदुरप्रसाद धितालबीच प्रतिस्पर्धा हुँदैछ।

महिला सहसचिवतर्फ करिस्मा माझी र गायत्री खतिवडा तथा खुला सहसचिवतर्फ कुमार लामिछाने र नवीन आचार्य उम्मेदवार छन्।

त्यस्तै सदस्य खुलातर्फ किरणलाल श्रेष्ठ, केबी तामाङ, गेर्ने लामा, गोपिकृष्ण खतिवडा, जीवन गोले, टेकबहादुर भुजेल, दिनेश हमाल, धर्मराज खड्का, थलबहादुर तामाङ, बुद्धिप्रसाद भट्टराई र राजु बयलकोटीलगायत उम्मेदवार रहेको निर्वाचन मतपत्रमा उल्लेख छ।

मतपत्रअनुसार सभापति, सचिव, सहसचिव र सदस्यसहित विभिन्न समावेशी समूहबाट प्रदेशसभा क्षेत्रीय कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update