सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को १५औँ जिल्ला अधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ८८ जनाको अन्तिम उम्मेदवार सूची सार्वजनिक भएको छ। ३२ जना महाधिवेशन प्रतिनिधि चयनका लागि ८८ जनाको उम्मेदवारी परेको हो ।
उम्मेदवारी खुला, महिला, आदिवासी जनजाति, खस आर्य, दलित, युवा, पेशागत तथा विषयगत विज्ञ, अपाङ्गता, अल्पसंख्यक, द्वन्द्वपीडित, प्रजातान्त्रिक सेनानी र श्रमिकतर्फ परेको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिए ।
प्राप्त विवरणअनुसार खुलातर्फ ३४ जना उम्मेदवार देखिन्छन् भने महिला खुलातर्फ ५ जना छन्। बाँकी उम्मेदवारी विभिन्न समावेशी तथा आरक्षण समूहमा विभाजन गरिएको छ।
उम्मेदवारीको समावेशी सूचीमा आदिवासी जनजाति, खस आर्य, दलित, समानुपातिक, युवा, पेशागत तथा विषयगत विज्ञ, अपाङ्गता, अल्पसंख्यक, द्वन्द्वपीडित, प्रजातान्त्रिक सेनानी र श्रमिक समूहसमेत समेटिएका छन्।
युवातर्फ ३५ वर्षमुनिका उम्मेदवारसँगै युवा खुला र युवा महिलाका लागि पनि प्रतिनिधित्व छुट्याइएको छ। त्यस्तै श्रमिकतर्फ मोहन भक्त श्रेष्ठ, हरि खड्का र बलदेव तामाङ उम्मेदवार छन्।

