काठमाडौं - शुक्रबार देशभर अधिकांश स्थानमा बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा, कर्णालीका पहाडी भूभागका अधिकांश स्थानमा तथा मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। मधेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने जनाइएको छ।
यस्तै, मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
राति देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा तथा कर्णालीका पहाडी भूभागका अधिकांश स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमतीका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि वर्षा हुनसक्नेछ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
मधेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

