ट्राफिक प्रहरीले गर्यो ७१३ जनालाई कारबाही
काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६५, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा २३, लेन क्रसमा १५, अवस्था ठिक नभएको २२, एकतर्फीमा ९ र अन्यमा ३६२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३ ०८:०६
प्रतिक्रिया दिनुहोस्

