कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
भोजपुर - भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुमा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ ११ गते राति करिब ११ः४५ बजे भदौरे मेलामा आएका खोटाङ केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका कारण कुटपिट गरिएको थियो। गम्भीर घाइते राईको मृत्यु भएको हो।
घटनापछि प्रहरीले खोजतलास गरी भदौ १२ गते ११ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ १७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

