Harsamaya
उदयपुरमा टिपरबाट १९९ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

उदयपुर - उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९ किलो ३२० ग्राम गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार टिपरभित्र ९ वटा बोरामा लुकाएर ल्याइएको अवस्थामा १९९.३२ केजी गाँजा फेला परेको थियो।

गाँजासहित टिपर चालक सोम मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक र बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update