Harsamaya
सर्लाहीमा ३०० किलो गाँजा बरामद
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सर्लाही - सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरस्थित एक घरबाट प्रहरीले करिब ३०० किलो लागुऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ २ गते राति करिब १०ः१५ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लुकाइराखेको अवस्थामा १५ बोरामा रहेको करिब ३०० किलो गाँजा बरामद गरेको हो।

प्रहरी पुग्दा घरधनी बिजन पटेल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update