Harsamaya
भारतीय स्थल सेनाध्यक्ष सेठको स्वदेश फर्किए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई बिदाइ गर्दै ।

काठमाडौं - भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको चार दिने नेपाल भ्रमण सम्पन्न भएको छ।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठ र उनकी श्रीमती कोमल सेठ आज स्वदेश फर्किएका हुन् । 

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेको नेपाली सेनाले जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए । जनरल सेठले राष्ट्रपति पौडेल, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । 

नेपाली सेनाका अनुसार जनरल सेठको भ्रमणले नेपाल र भारतबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुमधुर तथा प्रगाढ बनाउन सहयोग पुगेको छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update