तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
बारा - जितपुरसिमरा–१ भक्तिनगरमा चार दिनदेखि बेपत्ता तीन वर्षीया गरिमा चौधरी मृत अवस्थामा फेला परेकी छन्।
साउन ३१ गते घरबाट हराएकी बालिकाको शव मंगलबार साँझ स्थानीय एक सुनसान घरको खाली कोठामा फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा चकलेट दिने प्रलोभनमा बालिकालाई लगेर जबर्जस्ती करणीपछि हत्या गरेको आशंकामा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
घटनामा संलग्न रहेको आरोपमा म्याजिकका धनी २४ वर्षीय प्रोग्रेस चौधरी पनि पक्राउ परेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३ १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

