झापामा १३ ग्राम ६४० मिलिग्राम हेरोइनसहित तीन जना पक्राउ
झापा - झापामा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–३ बाट खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ का २० वर्षीय प्रकाश हरिजन तथा बाह्रदशी गाउँपालिका–३ का २१ वर्षीय मनिष राजवंशी र २३ वर्षीय फागुलाल राजवंशी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १३ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन, १ थान डिजिटल तराजु र २ थान मोबाइल बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा बुझाइएको ब्युरोले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३ २०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

