Harsamaya
बाजुरामा पहिरोमा बेपत्ता युवतीको पहिचान खुल्यो
त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरो ।

बाजुरा - त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी युवतीको पहिचान खुलेको छ। बेपत्ता हुनेमा २० वर्षीया प्रतीक्षा थापा रहेकी छन्।

पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्। धर्म थापाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको छ।

अविरल वर्षापछि आएको पहिरोले धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोमा पुरिएर धर्म थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी हुन्।

प्रतीक्षाको खोजीका लागि प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। खोजी तथा उद्धारमा सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी समेत खटिएका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update