ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, डाछीमा सडक अवरुद्ध
काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारानजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका कागेश्वरी मनोहरा–४ डाछीका ७० वर्षीय शंकरप्रसाद कुइँकेललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले ठक्कर दिने माइक्रो र चालकलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनामा कुइँकेलको मृत्यु भएपछि मृतकका आफन्तसहित करिब २०० जना स्थानीय घटनास्थलमा भेला भएर डाछी चोकमा सडक अवरुद्ध गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ २१:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

