Harsamaya
मोरङमा बलात्कार आरोपमा महिला सहित तीन जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

विराटनगर - मोरङ प्रहरीले जबरजस्ती करणीको आरोपमा एक महिला सहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीया सोनुमा लिम्बुले पीडित महिलालाई केराबारी गाउँपालिका–८ बस्ने ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका–१० बस्ने २८ वर्षीय डम्बर खतिवडासँग मिलेमतो गरी मादक पदार्थ सेवन गराई लेटाङ नगरपालिका–१ स्थित लाछी रिसोर्टमा लगेको आरोप छ।

प्रहरीका अनुसार डम्बर खतिवडाले पीडितलाई ज्यान मार्ने धम्कीसमेत दिई जबरजस्ती करणी गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको हो।

आरोपितहरूलाई मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update