बालिका बलात्कार आरोपमा ५५ वर्षीय रूद्र बहादुर पक्राउ
सल्यान - जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दार्मा गाउँपालिका–४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्र बहादुर चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

