Harsamaya
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
सर्वोच्च अदालत ।

काठमाडौं  - नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः सर्वोच्च अदालत पुगेको छ।

सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले पुनरवलोकन निवेदन दर्ता गराएका छन्।

महाधिवेशन नजिकिँदै गर्दा शेरबहादुर देउवा पक्षले दायर गरेको उक्त पुनरवलोकन निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको हो।

अब उक्त निवेदन तीन न्यायाधीशको इजलासमा पेसी तोकिनेछ। इजलासले पुनरवलोकनका लागि निस्सा (अनुमति) दिएमा मुद्दाको पुनः सुनुवाइ हुनेछ भने निस्सा नदिएमा यसअघिको फैसला नै अन्तिम हुनेछ।

गत वैशाख ४ गते सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। सो फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा पक्षले पुनरवलोकनको माग गरेको हो।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update