Harsamaya
कपिलवस्तुमा कार अनियन्त्रित हुँदा चार सवारीसाधनलाई ठक्कर, ११ जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

कपिलवस्तु -  शिवराज नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा एउटा कार अनियन्त्रित भएर चार वटा सवारीसाधनमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च ९००० नम्बरको कारले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएपछि अनियन्त्रित हुँदै ई–रिक्सा, अटो र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा साइकलयात्री, ई–रिक्सा चालक, अटो चालक, मोटरसाइकल चालक तथा अन्य यात्रुसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने छ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। केही घाइते उपचारपछि घर फर्किएका छन्।

प्रहरीले दुर्घटनामा संलग्न कार, साइकल, ई–रिक्सा, अटो र मोटरसाइकल नियन्त्रणमा लिएको छ। कार चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ६६ वर्षीय सुनिलकुमार क्षेत्रीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update