Harsamaya
पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति
नेपाल पत्रकार महासंघ ।

काठमाडौं - पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबर ब्यूरोमार्फत पक्राउ गर्नु प्रेस र संविधान विरोधी कदम भएको जनाएको छ ।

यस्ता घटनाले लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम भएको महासंघको ठहर छ ।

‘महासंघ प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर राज्यसत्ताको आडमा भएको स्वेच्छाचारी शैलीप्रति खेद प्रकट कडा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले श्रेष्ठलाई निजी निवास नख्खुबाट नै नियन्त्रण लिएको र ब्यूरोको कार्यालयतर्फ लगेको थियो ।

तर साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार दुवै जनाविरुद्ध उजुरी परेकाले छलफलका लागि बोलाइएको हो । ‘छलफलका लागि बोलाएका हौं । अरु विषयमा बोल्ने फुर्सद छैन,’ अवस्थीले भने ।

तर पत्रकार श्रेष्ठले भने आफूलाई समाचारकै विषयमा सोधपुछ गर्ने क्रममा प्रहरी आफ्नो घरमा आएको बताए ।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update