Harsamaya
रास्वपा सांसद मनिष झाको सरकारप्रति आक्रोश - सञ्चारगृहमा गाडी तेर्स्याएर आतंक फैलाउनु राज्यको बचपना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गर्ने कार्यको कडा आलोचना गरेका छन्।

उनले यस्तो कार्यमा संलग्न जो–कोहीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने माग गर्दै राज्यको दायित्व नागरिकको चिन्ता सम्बोधन गर्नु भएको, थप आतंक सिर्जना गर्नु नभएको बताएका छन्।

‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, आफैं थप आतङ्कित बनाउने होइन,’ उनले सामाजिक सञ्जालमार्फत भने।

झाले यस्ता गतिविधिलाई राज्य सञ्चालनको बचपनाको संज्ञा दिँदै प्रश्न गरेका छन्, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजीले सहादत दिएको हो?’

यस किसिमका गतिविधिप्रति आफ्नो घोर आपत्ति रहेको उनले बताएका छन्।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update