Harsamaya
सरकारमा जोश छ, तर अनुभव र परिपक्वताको कमी देखियो : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ।

काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको पहिलो १०० दिनको कार्यशैलीमा जोश, जागर र इच्छाशक्ति देखिए पनि अनुभव, परिपक्वता र विज्ञताको अभाव देखिएको टिप्पणी गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा सरकारको सय दिनको समीक्षा गर्दै घिसिङले सुरुवाती सक्रियता सकारात्मक भए पनि प्रभावकारी कार्यान्वयनका लागि अनुभव, नीतिगत परिपक्वता र विषयगत विज्ञता अझ आवश्यक रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘सरकारको १०० दिनको गतिविधि र कार्यशैली हेर्दा जोश जागर र ईच्छा शक्ति देखिएता पनि अनुभव, परिपक्वता र विज्ञतामा कमी देखियो ।’

उनको भनाइले सरकारको कार्यसम्पादनप्रति मिश्रित मूल्याङ्कन प्रस्तुत गरेको छ। 

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update