Harsamaya
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय ईन्द्रबहादुर  पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

म्याग्दी - म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार धौलागिरी गाउँपालिका–७ धारापानी निवासी ईन्द्रबहादुर परियारले बालिकालाई आफ्नै घरको कोठामा लगेर मोबाइल दिने प्रलोभन देखाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update