Harsamaya
अदालतको फैसला छल्दै लुकेका नविन तामाङ आफ्नै घरबाट पक्राउ
जिल्ला प्रहरी कार्यालय नुवाकोट।

नुवाकोट - अभद्र व्यवहार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा बिदुर नगरपालिका–१ ढुङ्गेका २६ वर्षीय नविन तामाङ उर्फ नबिन ज्ञामजानलाई पक्राउ गरेको हो।

सम्झना तामाङको जाहेरीका आधारमा दर्ता भएको अभद्र व्यवहार मुद्दामा नुवाकोट जिल्ला अदालतले नविनलाई ५ महिना कैद तथा ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अदालतको उक्त फैसला कार्यान्वयनका लागि उनी फरार सूचीमा रहेका थिए ।

प्रहरीका अनुसार मिति २०८३ असार १६ गते दिउँसो करिब १ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका नविनलाई फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update