Harsamaya
दुई नाबालिका दिदीबहिनीमाथि बलात्कार गरेको आरोपमा ५५ वर्षीय धनप्रसाद पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - रोल्पामा दुई नाबालिकामाथि बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु निवासी धनप्रसाद पुन रहेका छन्। उनले १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीमाथि बलात्कार गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी उजुरीका आधारमा पुनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update