Harsamaya
दुई संसदीय समितिको बैठक बस्दै
संसद सचिवालय ।

काठमाडौं - आज (बुधबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

अर्थ समितिको बैठक र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।

बिहान ८ बजे बस्ने बैठकमा आ.व.२०८३/८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य—मुख्य व्यवस्थाका सम्बन्धमा माननीय अर्थ मन्त्रीसँग छलफल गर्न कार्यसूची छ । यसैगरी, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने छ ।

यस्तै, बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल हुने कार्यसूची छ । 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update