कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमै पराजित
काठमाडौं - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा सुनार १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।
दलित कलस्टरतर्फ उम्मेदवारी दिएकी सुनारलाई बुढानीलकण्ठ नगरपालिका–६ की वडा सदस्य मेनुका भुसालले पराजित गरेकी हुन्।
काठमाडौँ–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भैरव सापकोटाले सुनार पराजित भएको जानकारी दिएका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधन गरिएको कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्यसहितका नेताहरूले पनि महाधिवेशनमा सहभागी हुन सम्बन्धित क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ।
काठमाडौँ क्षेत्र नम्बर ५ मा दलित कलस्टरतर्फबाट एक जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०८३ १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

