
काठमाडौं - काठमाडौंको ऐतिहासिक घण्टाघरस्थित जामे मस्जिदमा बिहीबार राति शबे-बारात मनाउन भेला भएका मुस्लिम धर्मावलम्बीहरूलाई मस्जिद प्रशासनले इसा नमाजपछि घर फर्कन आग्रह गरेको छ।
शबे-बारात इस्लाम धर्ममा एक महत्वपूर्ण रात मानिन्छ । जसलाई पापमोचन तथा प्रार्थनाका रूपमा मनाइन्छ। तर यसपटक यो रात बिहीबार नपर्ने भएपछि जामे मस्जिदले भक्तजनहरूलाई नमाजपछि घर फर्कन निर्देशन दिएको हो।
बिहीबार राति काठमाडौंका विभिन्न स्थानबाट मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा पुगेका थिए। तर धार्मिक गणना अनुसार उक्त रात नपर्ने भएकाले मस्जिद प्रशासनले सबैलाई जानकारी गराउँदै विशेष रातको लागि पुनः उपयुक्त मितिमा सामूहिक जमघट गर्न अनुरोध गर्याे।
यस घटनाले केही भ्रम सृजना गरे पनि मस्जिद प्रशासनले समयमै स्पष्ट पार्दा भक्तजनहरूले सहज रूपमा स्वीकारेका थिए।