प्रहरीमा एकैदिन १४९ डीएसपी र ४६ एसपीको सरुवा
काठमाडौं - नेपाल प्रहरीले एकै दिन ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै १४९ डीएसपी र ४६ एसपीको सरुवा भएको जनाएको हो । शुक्रबार विज्ञप्ती जारी गर्दै प्रहरी प्रधान कार्यालयले उक्त जानकारी दिएको हो ।
प्रहरी महानिरीक्षकको मिति २०८३/ ०२/ १ गतेको निर्णयानुसार मिति २०८३ जेठ महिनादेखि तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा काज गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाई दिनुहुन अनुरोध गरिएको उल्लेख गर्दै प्रहरी सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरीलाई) गरेको पत्राचारमा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, जेठ २, २०८३ ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

